११औँ चार्टर डेमा रोट्रयाक्ट क्लब अफ मणिपालको रक्तदान कार्यक्रम
पाेखरा | चैत २७, २०७९
पोखरा: रोट्रयाक्ट क्लब अफ मणिपाल कलेज अफ मेडिकल साइन्सको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार मणिपाल अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरे ।
क्लबको ११औँ चार्टर डेको अवसरमा कार्यक्रम गरिएको हो । रोट्रयाक्ट क्लब अफ मणिपालकी अध्यक्ष रञ्जना केसीले क्लबले विविध समयमा सामाजिक कार्यहरु गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताइन् ।
‘हामीले विभिन्न दिवस वा अन्य समयमा विविध सामाजिक कार्यहरु गर्दै आइरहेका छौँ । हामी मेडिकल सेक्टरकै भएको भएर विशेषतः मेडिकल फिल्डसँग सम्बन्धीत कार्यहरु गर्दै आइरहेका छौँ । आगामी दिनहरुमा पनि अझ सशक्त रुपमा यस्ता कार्यक्रमहरु गर्नेछौँ,’अध्यक्ष केसीले भनिन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

