रास्वपाका निलम्बित सांसद श्रेष्ठबारे छानबिन गरी कारबाही गर्न माग

काठमाडाैं | चैत २७, २०७९

रास्वपाका निलम्बित सांसद श्रेष्ठबारे छानबिन गरी कारबाही गर्न माग

काठमाडौं: नेकपा (एमाले)का सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।

 

सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद रावलले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले घुस लिने काममा निलम्बित सांसद श्रेष्ठ मुछिएका हुन्/होइन ? सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको हो ।

 

आइतबार (हिजो) सांसद श्रेष्ठले मन्त्री बन्नका लागि दुई करोड चाहिएको भन्दै व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो विभिन्न सञ्चार माध्याममा सार्वजनिक भएपछि त्यो सामाजिक सञ्जालमा भइरल भइरहेको छ भने रास्वपाले सांसद श्रेष्ठलाई निलम्बित गरी २४ घण्टै स्पष्टिकरण सोधेको छ ।

 

सांसद रावलले त्यस्ता घटना सत्य हुन् वा होइनन् ? तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,  ‘‘हामीले देखिरहेका छौं अहिले दुई करोडको अडियो एकदमै भाइरल भइरहेको छ । यसमा सरकारको के छ ? यो के हो ? यसको तथ्यसत्य के हो ? हामीले भनिरहेका छौं–घुस लिने र दिने राज्यको शत्रु हुन् । यो कारबाहीको दायरामा आउनु पर्छ भनिरहँदा यो घटना आइरहँदा यो पार्टी विशेषको भन्दा पनि, पार्टीले कारबाही गर्नेभन्दा पनि राज्य, सरकारले यसको तथ्यसत्य छानबिन गरेर कारबाहीका दायरामा ल्याउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’’

 

सांसद रावलले सरकारलाई संविधान र कानुन अनुसार अघि बढन पनि सचेत गराउनुभयो ।

पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन स...

थप पढ्नुहोस्