बालयौन दुर्व्यवहार मुद्दामा शिक्षकलाई एक वर्ष तीन महिना कैद

काठमाडाैं | चैत २७, २०७९

बालयौन दुर्व्यवहार मुद्दामा शिक्षकलाई एक वर्ष तीन महिना कैद

काठमाडौं :  छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेले एक शिक्षकलाई कैद र जरिवानाकाे फैसला गरेको छ। 

 

प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद सजाय सुनाएको हो। 

 

यस्तै १५ हजार जरिवाना र चार सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न भनेको छ।

 

त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो। 

 

अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडिओ देखाएको अभियोग पुष्टि भएको थियो। यसअघि धरौटीमा रिहा गरिएका विष्ट हाल फरार छन्। 

 

बालयौन दुर्व्यवहार अभियोगमा विष्टलाई अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको हो।

 

२०७८ फागुन १२ गते भएको उक्त घटनामा संलग्न शिक्षकले पाठ्यक्रमसँग सम्बन्धित सामग्री विद्यार्थीलाई देखाएको बयान दिएका थिए। जिल्ला प्रहरी कार्यालय धुलिखेलले फरार शिक्षक विष्टको खोजी भइरहेको जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्