सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने पक्राउ

काठमाडाैं | चैत २७, २०७९

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने पक्राउ

काठमाडौं: सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

 

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको उजुरीका आधारमा प्रहरीले झापा गाउँपालिका–६ स्थायी घर भएका २० वर्षीय कादिर मोमिन पक्राउ गरेको हो ।

 

पक्राउ परेका मोमिनले पीडित महिलाको फेसबुक पेजको वाल–टाइमलाईमा अन्य महिलाको शरीरको तस्बिरमा जोडी बनाएको तस्बिरहरूको साथमा चरित्रहत्या हुने खालको अश्लील शब्द लेखि उक्त तस्बिर र भिडियोहरू पोष्ट गरी चरित्रहत्या गर्ने कार्यमा संलग्न रहेको पाइएको ब्यूरोले जनाएको छ ।

 

प्रहरी उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी पशुपति कुमार रायले यसका साथै मोमिनले पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामाग्रीहरूमा समेत अश्लील क्याप्स राखी पोष्ट गरी दुःख दिई चरित्रहत्या हुने कार्य गरेको जानकारी दिनुभयो ।

 

उहाँका अनुसार पीडित महिलाले चरित्रहत्या हुने कार्य गरेर दुःख दिइरहेकाले आवश्यक कारबाही गरी पाउ भनी ब्यूरोमा निवेदन दिएकी थिइन् ।

 

प्रवक्ता रायका अनुसार सोही निवेदनका आधारमा अनुसन्धान गर्दा झापा, झापा गाउँपालिका–६ स्थायी घर भएका मोमिनलाई ब्यूरोबाट खटिई गएको टोली र जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा चैत २४ गते सोही स्थानबाट पक्राउ गरिएको हो ।

 

पक्राउ परेका मोमिनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चैत २६ गतेको आदेशअनुसार चार दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको उहाँको भनाइ छ ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्