पिएन क्याम्पसमा बैशाख ३ गते स्ववियु निर्वाचन
पाेखरा | चैत २७, २०७९
पोखरा: पृथ्वीनारायण क्याम्पसमा बैशाख ३ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुने भएपनि पोखराको पिएन क्याम्पसमा कर्मचारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावत गरेको भन्दै स्ववियु निर्वाचन समितिको कार्यालयमा केही विद्यार्थी संगठनले ताला लगाउँदा निर्वाचन हुन सकेको थिएन ।
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिका अनुसार चैत्र २७ गते बसेको बैठकले पिएन क्याम्पसमा बैशाख ३ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

