अमेरिकी डलरसँगै बढ्यो युरो र क्यानेडियन डलरको भाउ
काठमाडाैं | चैत २८, २०७९

काठमाडौं: मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र क्यानेडियन डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १६ पैसा बढेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ४३ पैसा पाइन्छ।
सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसातोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसा बढेको हो।
क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३० पैसा र बिक्रीमा ८७ रुपैयाँ ७० पैसा तोकिएको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ६७ पैसा र बिक्रीमा २९ रुपैयाँ ८१ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...