स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन सुरु

काठमाडाैं | चैत २७, २०७८

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ, चैत २७ गते । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा आयाेजित सम्मेलनमा देश तथा विदेशबाट स्वास्थ्य वैज्ञानिकहरुको सहभागिता छ।

सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ। परिषदका कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार सम्मेलनको औपचारिक उद्घाटन साेमबारका लागि तय गरिए पनि आइतबारबाट प्रेसमिटको सेसन सुरु भएको हो ।

तीन दिने शिखर सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित स्वास्थ्यप्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड–१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवं विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेसन अनुसन्धान विषयमा अनुसन्धानकर्ताहरूले आ–आफ्ना खोज तथा अनुसन्धानका बारेमा १५३ वटा अनुसन्धानमूलक कार्यहरू परिषदमा पेश भएकाे छ ।

परिषदमा पेश भएकामध्ये ११२ मौखिक प्रस्तुतीकरणका लागि र ४१ वटा पोष्टर प्रस्तुतीकरणका लागि प्राप्त भएको परिषदले जनाएको छ । सम्मेलनको यो वर्षको नारा स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ छ । सम्मेलन चैत २९ गतेसम्म चल्ने जनाइएको छ।

म्याग्दी:  म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...

थप पढ्नुहोस्

काठमाडौं:  बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...

थप पढ्नुहोस्

काठमाडौं:   आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

थप पढ्नुहोस्