उद्योग वाणिज्य महासंघको निर्वाचन सुरू

काठमाडाैं | चैत २९, २०७९

उद्योग वाणिज्य महासंघको निर्वाचन सुरू

काठमाडौं : नेपाल उद्योग वाणिज्य  महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरू भएको छ। प्रज्ञा भवन कमलादीमा बिहान १० बजेदेखि मतदान सुरू भएको हो। निर्वाचनमा  १ हजार ९ सय ५३ मतदाता रहेका छन्।

 

महासंघको नयाँ नेतृत्व चयनका लागि उद्योगी व्यवसायीहरुको उत्साहजनक सहभागिता देखिएको छ । वरिष्ठ उपाध्यक्षसहित ६६ पदका लागि निर्वाचन हुन लागेको हो।

 

५७औं वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दैछ। महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ। हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बिहीबारदेखि अध्यक्ष बन्नेछन्। 

 

महासंघको वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ।  वरिष्ठ उपाध्यक्ष बन्न महासंघको पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ,वर्तमान उपाध्यक्षहरू रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन्। 

 

महासंघको इतिहासमै वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको हो।

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्र...

थप पढ्नुहोस्

पोखरा:  इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।  &nbs...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ ।  संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभ...

थप पढ्नुहोस्