कास्की जिसस प्रमुख पौडेलको प्रतिबद्धताः कृषकलाई समयमै मल, बिउँ उपलब्ध गराउने

काठमाडाैं | जेठ २९, २०७९

कास्की जिसस प्रमुख पौडेलको प्रतिबद्धताः कृषकलाई समयमै मल, बिउँ उपलब्ध गराउने

कास्कीः जिल्ला समन्वय समिति कास्किका नवनिर्बाचित प्रमुख लिलाधर पौडेलले श्रमजिवी कृषकको मुद्धालाई सम्बोधन गर्ने जनाएका छन् । कृषकको समस्यालाई समाधान गर्न हालसम्म कुनैपनि सरकारले चासो नदिएको भन्दै प्रमुख पौडेलले अब आफु त्यसको लागि अघि बढ्ने बताए । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी सुपरजोन संचालन समन्वय समिति पोखराको तेश्रो साधारणमा बोल्दै उनले चुनाब अगाडि आफू र आफ्नो दलले गरेका प्रतिबद्धता पूरा गर्न  हरेक तहका सरकारहरु बिच परिणामुखी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै कृषकहरूको जिबनस्तर उकास्ने गरि योजना र कार्यक्रम ल्याउन लागि पर्ने बताए ।

 

 

उनले श्रमप्रतिको कदर र सम्मान नै देश बिकासको पहिलो पुर्बाधार भएको जिकिर गरे। कृषकहरुलाई पुर्ण व्यावसायिक बन्न आग्रह गर्दै समयमा मल ,बीउ नपाउने समस्याको सदाका लागि अन्त्य गर्न पहल गर्ने उल्लेख गरे।

 

 

काम  र श्रमको कदर हुने अबस्था निर्माण गर्ने बताएका छन् । पौडेलले देशमा अनेकन परिबर्तनहरु भए पनि कृषकहरुका समस्या पूर्णरुपमा सम्बोधन हुन नसकेकोतर्फ इङ्गित गर्दै कास्किमा आफुहरुको टिम आएपछि श्रमजिबी कृषकको मुद्धालाई आफ्नो ठाँउबाट प्रभाबकारी ढंगले अघि बढाउन योजनासहित काम गर्ने उल्लेख गरे । 


कार्यक्रममा गण्डकी प्रदेशका  कृषि बिकास निर्देशक बासुदेब रेग्मी, पूर्ब निर्देशक बेनीबहादुर बस्नेत, कृषिविज्ञ बिरेन्द्र हमाल, पोखरा महानगर कृषि तथा महाशाखा प्रमुख मनोहर कडरीयालगायतले बोलेका थिए। 
 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्