कास्की जिसस प्रमुख पौडेलको प्रतिबद्धताः कृषकलाई समयमै मल, बिउँ उपलब्ध गराउने

काठमाडाैं | जेठ २९, २०७९

कास्की जिसस प्रमुख पौडेलको प्रतिबद्धताः कृषकलाई समयमै मल, बिउँ उपलब्ध गराउने

कास्कीः जिल्ला समन्वय समिति कास्किका नवनिर्बाचित प्रमुख लिलाधर पौडेलले श्रमजिवी कृषकको मुद्धालाई सम्बोधन गर्ने जनाएका छन् । कृषकको समस्यालाई समाधान गर्न हालसम्म कुनैपनि सरकारले चासो नदिएको भन्दै प्रमुख पौडेलले अब आफु त्यसको लागि अघि बढ्ने बताए । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी सुपरजोन संचालन समन्वय समिति पोखराको तेश्रो साधारणमा बोल्दै उनले चुनाब अगाडि आफू र आफ्नो दलले गरेका प्रतिबद्धता पूरा गर्न  हरेक तहका सरकारहरु बिच परिणामुखी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै कृषकहरूको जिबनस्तर उकास्ने गरि योजना र कार्यक्रम ल्याउन लागि पर्ने बताए ।

 

 

उनले श्रमप्रतिको कदर र सम्मान नै देश बिकासको पहिलो पुर्बाधार भएको जिकिर गरे। कृषकहरुलाई पुर्ण व्यावसायिक बन्न आग्रह गर्दै समयमा मल ,बीउ नपाउने समस्याको सदाका लागि अन्त्य गर्न पहल गर्ने उल्लेख गरे।

 

 

काम  र श्रमको कदर हुने अबस्था निर्माण गर्ने बताएका छन् । पौडेलले देशमा अनेकन परिबर्तनहरु भए पनि कृषकहरुका समस्या पूर्णरुपमा सम्बोधन हुन नसकेकोतर्फ इङ्गित गर्दै कास्किमा आफुहरुको टिम आएपछि श्रमजिबी कृषकको मुद्धालाई आफ्नो ठाँउबाट प्रभाबकारी ढंगले अघि बढाउन योजनासहित काम गर्ने उल्लेख गरे । 


कार्यक्रममा गण्डकी प्रदेशका  कृषि बिकास निर्देशक बासुदेब रेग्मी, पूर्ब निर्देशक बेनीबहादुर बस्नेत, कृषिविज्ञ बिरेन्द्र हमाल, पोखरा महानगर कृषि तथा महाशाखा प्रमुख मनोहर कडरीयालगायतले बोलेका थिए। 
 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्