कोरोना संक्रमणबाट थप एकको मृत्यु, एकैदिन १२१ जनामा संक्रमण
काठमाडाैं | चैत २९, २०७९

काठमाडौं : कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप एक संक्रमितको मृत्यु भएको हो।
मंगलबार पनि तीन महिनापछि एक संक्रमितको मृत्यु भएको थियो। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपो...
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका...