नयाँ वर्ष मनाउन गएका एक युवकको खोलामा डुबेर मृत्यु
काठमाडाैं | बैशाख १, २०८०
फाइल तस्बिर
काठमाडौं: नयाँ वर्ष मनाउन गएका रूपन्देहीका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो।
प्रहरी चौकी दोभानका अनुसार जैसवाल घुमघामको लागि शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए।
साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए।
पोखरीमा खस्नेबित्तिकै उनको उद्धार गरिएको थियो।
उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। सिद्धार्थ राजमार्गको छेवैमा रहेको भुतखोलामा नुहाउने क्रममा हरेक वर्षजस्तो मानिसको मृत्यु हुने गर्छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

