संवैधानिक व्यवस्थानुसार प्रदेश सरकाले निकास खोज्दैछ: कानूनमन्त्री गाहामगर

पाेखरा | बैशाख २, २०८०

संवैधानिक व्यवस्थानुसार प्रदेश सरकाले निकास खोज्दैछ: कानूनमन्त्री गाहामगर

पोखरा:  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहामगरले संवैधानिक व्यवस्थानुसार प्रदेश सरकारले निकासको बाटो खोजेको  बताएका छन् । 

 

अनलाइन पत्रकार संघ गण्डकीद्वारा पोखरामा आयोजित ‘तीन दिने अनलाइन पत्रकारिता तालिम’ लाई सम्बोधन गर्दै मन्त्री गाहा मगरले अस्थिर राजनीतिका कारण प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार निकासको बाटो रोजेको बताएका हुन् ।

 

मन्त्री गाहामगरले विश्वासको मत लिने विषयमा अन्य दलसँगको छलफलपछि मात्रै थाहा हुने बताए । ‘प्रदेश सरकारले संवैधानिक व्यवस्थाले जे अधिकार दिएको छ । त्यही अनुरुप सरकारले आफ्नो निकास खोज्दैछ, उनले भने, ‘अन्य राजनीतिक दलहरुसँग पनि परामर्श हुँदैछ । विश्वासको मत लिने कुरामा अन्य दलसँग छलफल गरेर कति संभावना रहन्छ । त्यही अनुसार अघि बढ्छौ  । अन्यथा संवैधानिक व्यवस्थानुसार अरु दलले सरकार सञ्चालनको जिम्मा प्राप्त गर्छ ।’

 

उनले मन्त्रालयको जिम्मेवारी बहन गर्न नपाउदै सरकारबाट बाहिरिदा योजनाहरुमा प्रभाव पर्ने धारणा राखे । ‘केही नयाँ कुराहरुमाथि आफ्नो भूमिकाबारे अध्ययन गर्दागर्दै र नयाँ योजनाहरु रच्दारच्दै राजनीतिमा अस्थिरता देखियो, उनले भने, ‘दुलही भएर आउने दुरान फर्कन नपाउने जस्तै भएको छ । यसले गर्दा योजनाहरुमा प्रभाव पर्ने देखिएको छ ।’

उनले मिडियाकर्मीका समस्यालाई नजिकबाट नियालिरहेको बताउदै समाधानका लागि पहल गर्ने बताए । उनले मिडिया विधेयकलाई संशोधन गरेर पत्रकारहरुलाई अधिकार सुनिश्चित गराउनका लागि आफुले सरकार बाहिरै रहेपनि भूमिका खेल्ने बताएका थिए । 

 

आयोजक संस्थाका उपाध्यक्ष सन्तोष बस्यालका अनुसार आगामी ४ गतेसम्म सञ्चालन हुने सो अनलाइन पत्रकारिता तालिममा आचार संहिता, अनलाइन पत्रकारिकताको महत्व र मौलाउदै गएको पीत पत्रकारिताको विषयमा तालिम प्रदान गरिने छ । 


 

पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन स...

थप पढ्नुहोस्