दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइलकमा सवार २ जनाको मृत्यु

दाङ | बैशाख ४, २०८०

दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइलकमा सवार २ जनाको मृत्यु सांकेतिक तस्बिर

दाङ:   दाङको घोराहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको । आज (सोमवार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खैरामा लु २ ख ४८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।  


मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार खैराकै १७ वर्षीय गोपाल विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले जानकारी दिनुभयो ।


मोटरसाइकल चालक बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र मोटरसाइकलमा सवार विकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार ट्रकलाई ुओभरटेकु गर्ने क्रममा मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्र...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ ।  पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण के...

थप पढ्नुहोस्

पोखरा:   लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् ।  फाउण्डेशनका संस्थापक गुर...

थप पढ्नुहोस्