गृहमन्त्री श्रेष्ठविरुद्ध मिटरब्याज पीडितहरुको प्रदर्शन

काठमाडाैं | बैशाख ५, २०८०

गृहमन्त्री श्रेष्ठविरुद्ध मिटरब्याज पीडितहरुको प्रदर्शन

काठमाडौं:    शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।


हिजो सोमबार शान्तिबाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरुले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध  नाराबाजी लगाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।


आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नु परेको मिटरब्याज विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहले बताए । उनले आफूहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने समेत बताए । 


मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन्।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्