पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि  खुवाइँदै

काठमाडाैं | बैशाख ६, २०८०

पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि  खुवाइँदै

काठमाडौं:    सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।


आज खान छुटेका बालबालिकालाई भोलि वैशाख ७ गते खुवाउन सकिन्छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ ।


बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै आएको छ । जुकाको औषधि २०५६ सालदेखि खुवाउन थालिएको हो । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको सङक्रमण जोखिम कामयै रहेकाले खोप केन्द्रमा स्वास्थ्यका मापदण्ड पालना गर्न तथा मास्क लगाउन पनि अनुरोध गरेको छ ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्