पोखरामा तामाङ मातृभाषा र मौलिक बाजा तालिम सुरु

पाेखरा | बैशाख ६, २०८०

पोखरामा तामाङ मातृभाषा र मौलिक बाजा तालिम सुरु

पोखरा:    गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा तामाङ मातृभाषा प्रशिक्षण तथा तामाङ मौलिक बाजा टुङ्ना तालिम सुरु भएको छ । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा पोखरा १३ मा आयोजित यो प्रशिक्षण कार्यक्रम एक महिनासम्म चल्ने छ ।


प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वर भुमि भएको बताए ।


पछिल्लो समयमा भाषा, संस्कार र  संस्कृतिलाई जोगाउदै पुस्ताहस्तान्तरण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठानले देखाएको क्रियाशिलताको मुख्यसचिव पन्थले प्रशंसा गरें । ‘यस भुमिको भाषा, संस्कार र  संस्कृति जोगाउने मात्र नभएर पुस्ताहस्तान्तरण गर्न प्रदेश सरकारको प्रतिबिम्बको रुपमा गण्डकी प्रज्ञा प्रतिष्ठानले जसरी गति पैदा गरेको छ यो निकै सह्रानिय छ’ उनले भने ।


भाषा, संस्कार र संस्कृति हराए देश नरहने भएको सबै मिलेर यसको संरक्षण गर्नुपर्ने उनको भनाई थियो । ‘हाम्रा भाषाहरु, संस्कार, संस्कृति हराए देश रहदैन तसर्थ देश जोगाउने अभियानमा तपाईको अग्रसरताप्रति आभार व्यक्त गर्दछु’ उनले थपे । तामाङ समुदायसँग भाषा र बाजा प्रशिक्षण मार्फत जोडिन पाएकोमा उनले खुशी व्यक्त समेत गरें ।


कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले आफुहरु गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातीहरुको भाषा, संस्कृति जोगाउने अभियानमा लागेको बताए । उनले रिजल्ट बेसमा काम गरिदिन प्रशिक्षार्थीसँग आग्रह गरें । ‘हामी गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातीहरुको भाषा, संस्कृति जोगाउने अभियानमा छौं । तपाईहरुसँगको सहकार्य सिङ्गो प्रज्ञा प्रतिष्ठानको लागि हौसला हो । हामी काम मार्फत रिजल्ट दिन चाहन्छौ । तपाईहरु रिजल्ट वेसमा काम गरिदिनुहोला’उनले भने ।


कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजक दीपक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य पवित्रा तामाङ र सञ्चालन सचिव मिनमाया तामाङले गरेका थिए । प्रशिक्षण कार्यक्रममा भाषातर्फ २८ जना र बाजा तर्फ ३३ जनाको सहभागीता रहेको छ ।


आयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान प्रतिष्ठान आफ्नो दोस्रो स्थापना दिवस समेत भव्य रुपमा मनाउने तयारीमा समेत लागेको छ । स्थापना दिवसमा गण्डकी प्रदेशका कला साहित्य संगीत तर्फका श्रष्टाहरुलाई नगद सहित सम्मान गरिने सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्