पोखरामा तामाङ मातृभाषा र मौलिक बाजा तालिम सुरु

पाेखरा | बैशाख ६, २०८०

पोखरामा तामाङ मातृभाषा र मौलिक बाजा तालिम सुरु

पोखरा:    गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा तामाङ मातृभाषा प्रशिक्षण तथा तामाङ मौलिक बाजा टुङ्ना तालिम सुरु भएको छ । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा पोखरा १३ मा आयोजित यो प्रशिक्षण कार्यक्रम एक महिनासम्म चल्ने छ ।


प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वर भुमि भएको बताए ।


पछिल्लो समयमा भाषा, संस्कार र  संस्कृतिलाई जोगाउदै पुस्ताहस्तान्तरण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठानले देखाएको क्रियाशिलताको मुख्यसचिव पन्थले प्रशंसा गरें । ‘यस भुमिको भाषा, संस्कार र  संस्कृति जोगाउने मात्र नभएर पुस्ताहस्तान्तरण गर्न प्रदेश सरकारको प्रतिबिम्बको रुपमा गण्डकी प्रज्ञा प्रतिष्ठानले जसरी गति पैदा गरेको छ यो निकै सह्रानिय छ’ उनले भने ।


भाषा, संस्कार र संस्कृति हराए देश नरहने भएको सबै मिलेर यसको संरक्षण गर्नुपर्ने उनको भनाई थियो । ‘हाम्रा भाषाहरु, संस्कार, संस्कृति हराए देश रहदैन तसर्थ देश जोगाउने अभियानमा तपाईको अग्रसरताप्रति आभार व्यक्त गर्दछु’ उनले थपे । तामाङ समुदायसँग भाषा र बाजा प्रशिक्षण मार्फत जोडिन पाएकोमा उनले खुशी व्यक्त समेत गरें ।


कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले आफुहरु गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातीहरुको भाषा, संस्कृति जोगाउने अभियानमा लागेको बताए । उनले रिजल्ट बेसमा काम गरिदिन प्रशिक्षार्थीसँग आग्रह गरें । ‘हामी गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातीहरुको भाषा, संस्कृति जोगाउने अभियानमा छौं । तपाईहरुसँगको सहकार्य सिङ्गो प्रज्ञा प्रतिष्ठानको लागि हौसला हो । हामी काम मार्फत रिजल्ट दिन चाहन्छौ । तपाईहरु रिजल्ट वेसमा काम गरिदिनुहोला’उनले भने ।


कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजक दीपक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य पवित्रा तामाङ र सञ्चालन सचिव मिनमाया तामाङले गरेका थिए । प्रशिक्षण कार्यक्रममा भाषातर्फ २८ जना र बाजा तर्फ ३३ जनाको सहभागीता रहेको छ ।


आयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान प्रतिष्ठान आफ्नो दोस्रो स्थापना दिवस समेत भव्य रुपमा मनाउने तयारीमा समेत लागेको छ । स्थापना दिवसमा गण्डकी प्रदेशका कला साहित्य संगीत तर्फका श्रष्टाहरुलाई नगद सहित सम्मान गरिने सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए । 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्