आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई किशोरी समुहको ध्यानाकर्षण

पाेखरा | बैशाख ७, २०८०

आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई किशोरी समुहको ध्यानाकर्षण

पोखरा:   जागृती बाल तथा युवा सरकोकार नेपाल किशोरी समुहले गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

 

पोखरामा सम्पन्न तीन दिने सामाजिक तथा व्यवहारिक परिवर्तन तथा नेतृत्व विकास कार्यक्रमको समापन समारोहकाबीच महिला तथा बालबालिको संरक्षण र अधिकार कार्यान्यवन गर्नुपर्ने १७ बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको हो ।

 

बालिका सशक्तिकरणको अभियानमा रहेका किशोरीहरुको समुहको  ध्यानाकर्षणपत्र बुझ्दै कानूनमन्त्री गाहामगरले आफ्नो तर्फबाट माग सम्बोधन गर्न सक्दो पहल गर्ने बताउनुभयो ।

 

मन्त्री गाहामगरले बालबालिका तथा युवाहरु राष्ट्रिय गौरव रहेको उल्लेख गर्नुहुदै मन्त्री गाहामगरले किशोरीलाई सशक्तिकरण, बालमैत्री, पोषणमैत्री, युवामैत्री तथा कानूनले व्यवस्था गरेको बालअधिकारको संरक्षण गर्न आफु सधै लाग्ने बताउनुभयो । 

 

उहाँले किशोरी समुहले प्रदान गरेको पत्रलाई मंत्रालयमा दर्ता गराएर यथोचित सम्बोधन गर्न तदारुपताकासाथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

 

सो समुहले बुझाएको ध्यानाकर्षणपत्रमा प्रदेशको बालबालिका सम्बन्धि ऐनको व्यवस्था स्वीकार्य रहेकाले कार्यान्वयनका लागि स्थानीय तहसम्म नै विभिन्न समितिहरु र संयन्त्रको व्यवस्था गर्न माग गरिएको छ । 

 

यस्तै बालबालिकालाई राष्ट्रिय गौरव हो भन्ने नारालाई आत्मसाथ गरी बालबालिकामा लगानीको सुनिश्चितता गर्न माग तथा विद्यालय, तथा स्वास्थ्य संस्थाहरुमा बालिका तथा किशोरी सरोकार समुहको गठनका साथै प्रत्येक विद्यालयमा स्टाफ नर्स, स्वास्थ्यकर्मी र मनोविमर्शकर्ताको व्यवस्था गर्नुपर्ने माग उल्लेख छ ।

 

यस्तै बाल विवाह र अन्य हानिकारक अभ्यासको अन्त्यका लागि प्रदेश सरकारको रणनैतिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने किशोरी समुहको माग छ । 

 

किशोरीहरुका लागि देवचुली नगरपालिका र कावासोती नगरपालिकाको समन्वयमा जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा किशोरी स्रोत तथा सिकाई केन्द्र स्थापना भएकाले यस प्रदेश भित्रका अन्य स्थानीय तहमा पनि स्थापना गर्न पहल गर्न माग राखेका छन् । 

 

सो कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया पंगेनी र समाजसेवी राम प्रसाद सुवेदीले बाल तथा महिला अधिकारका बारेमा बोल्नुभएको थियो ।

 

नवलपुरका करिब ३५ जना किशोरीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन तिलोत्तन पौडेले गरेका थिए । 
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्