नेपाल भारत टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा

पाेखरा | बैशाख ११, २०८०

नेपाल भारत टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा

पोखरा:   नेत्रहीन क्रिकेट संघको आयोजनामा भोलि देखि पोखरामा सुरुहुने नेपाल भारत दुइपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको छ । 


नेत्रहीन क्रिकेट संघले आज (सोमबार) पोखरामा पत्रकार सम्मेलन गर्दै भोलि देखि हुने नेपाल भारत दुइपक्षीय टी-२०ष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको संघका महासचिव अमृत बरालले बताए । 


‘नेत्रहीन क्रिकेट संघको आयोजनामा मंगलबार देखि पोखरामा सुरुहुने नेपाल भारत दुइपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको छ, महासचिव बरालले भने, ‘१२ र १३ गते पोखरामा प्रतियोगिता सञ्चालन हुनेछ भने १५, १६ र १७ काठमाडौंको मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुन्छ ।’


उनका अनुसारको सिरिजको विजेताले ७५ हजार उपविजेताले ४५ हजार र प्लेयर द म्याचले ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । 


नेपाली टोली भगवती भट्टराई बराल र भारतीय टोली सुष्मा पट्टेलको कप्तानीमा मैदानमा उत्रदैंछ । दुवै टोलीका कप्तानले खेल्न आफूहरु तयार रहेको बताएका छन् । 


नेत्रहीन क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बैशाख १७ गतेसम्म चल्नेछ । विगत ११ वर्षदेखि दृष्टिविहीन महिला क्रिकेट टोली सक्रिय रुपमा खेलिरहेका छन् । जसमा सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानसँगको अन्तर्राष्ट्रिय खेल जितेको थियो । 


क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट दृष्टिविहीन खेलाडीले क्रिकेट खेल्छन् । क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ मा मध्यम दृष्टि र बी ३ न्यून दृष्टि भएका खेलाडी हुन्छन् ।


नेत्रहीन क्रिकेट संघले प्रतियोगिताका लागि विगत एक महिनादेखि नै पोखरामा बन्द प्रशिक्षणमा थिए भने २२ सदस्यीय भारतीय टोली सोमबार पोखरा आइपुगेका हुन् ।

 

नेपाली टोली

भगवती भट्टराई (कप्तान), गीता पौडेल, प्रतिभा राई, माया लुंगेली, सुस्मा तामाङ, मुना अर्याल, रिता थापा, मनकेशरी चौधरी, कान्ति योगी, सरिता घिमिरे, बिनिता मगर सोमाई, विनिता पुन, विमला राई, निशा चौधरी र दिल्लीशरा धमला

 

 

पोखरा:  कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रति...

थप पढ्नुहोस्

काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ।  समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...

थप पढ्नुहोस्