पोखराका पाँच पत्रकारलाई ‘प्रेस चौतारी पत्रकारिता’ पुरस्कार, दुई जनालाई सम्मान
पाेखरा | बैशाख १२, २०८०

पोखरा: पोखराका पाँच जना पत्रकारलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । यस्तै, दुई जनालाई सम्मान गरिने प्रेस चौतारी कास्कीले जानकारी दिएको छ ।
दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, सुष्मा पौडेल र केशव पाठकलाई पुरस्कृत गर्न लागेको हो । यस्तै, राजु भण्डारी र सावित्री खनाललाई प्रेस चौतारी सम्मान अर्पण गर्दै छ ।
प्रेस चौतारी कास्कीले बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई यो वर्षबाट पुनः निरन्तरता दिएको अध्यक्ष अर्जुन गिरीले बताए । प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुने श्याम कुँवर प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष हुन् । हाल उनी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष छन् । २०७६ बाट पुरस्कृत हुने रामकृष्ण ज्ञवाली र २०७७ बाट पुरस्कृत हुने दीपेन्द्र श्रेष्ठ चौतारीका अग्रज नेता हुन् । यस्तै, २०७८ सालको पत्रकारिता पुरस्कार प्राप्त गर्ने केशव पाठक प्रेस चौतारी कास्कीका सल्लाहकार हुन् । २०७९ सालको पत्रकारिता पुरस्कार प्राप्त गर्ने सुष्मा पौडेल चौतारीका केन्द्रीय सचिव र गण्डकी प्रदेश ईञ्चार्ज हुन् ।
प्रेस चौतारी नेपालका ईञ्चार्ज एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा आगामी विहीबार एक कार्यक्रम आयोजना गरी पुरस्कार एवं सम्मान अर्पण गरिने अध्यक्ष गिरीले जनाए । कार्यक्रममा एमाले सचिव एवं गण्डकी ईञ्चार्ज पद्मा अर्याललगायतका नेताहरु विशेष आतिथ्यता रहनेछ ।
प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यसअघि अग्रज पत्रकारहरु पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसकेका छन् ।
यसैबीच, सम्मान अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । संस्थाको बैठकले सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार एवं मल्टिमिडिया म्यानेजमेन्ट समिति बनाइएको छ । सहसंयोजक सहसचिव माधव भुसाल र सदस्यहरु अनुप पौडेल, अनिता घिमिरे र सन्दीप खनाल छन् ।
कोषाध्यक्ष गिरीधारी पोखरेल संयोजक र राजु गिरी सहसंयोजक रहेको मञ्च व्यवस्थापन समितिमा निरज बसौला क्षेत्री र दीपक अधिकारी सदस्य छन् । उपाध्यक्ष मोतिसागर अधिकारीको संयोजकत्वमा जनवर्गीय संगठन समन्वय व्यवस्थापन र भोजन व्यवस्थापन समिति बनाइएको छ । सहसंयोजकमा उपाध्यक्ष तारा पौडेल र सदस्यहरु ऋषिराम दाहाल र अमृतकुमार भट्टराई छन् ।
सहसचिव उमा आलेमगरको संयोजकत्वमा गठन गरिएको अतिथि सत्कार समितिमा सहसंयोजक दीपा पौडेल र सदस्यहरु सुरक्षा श्रेष्ठ र विनिता सुनार रहेका छन् । सहभागी व्यवस्थापन समितिको संयोजकमा तारा पौडेल संयोजक छन् । कार्यसमितिका सबै सदस्यहरु यसका सदस्य छन् ।
कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको प्रेस चौतारी कास्कीले जनाएको छ ।
काठमाडौं: २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी ...
काठमाडौं: नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...
तनहुँ: तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी न...