वुमेन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफीमा कास्की ‘बी’को यात्रा जारी
पाेखरा | बैशाख १८, २०८०
पाेखरा: कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले विजयी यात्रा जारी राखेको छ ।
कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो खेलमापनि कास्की ‘बी’ विजयी भएको हो ।
आईतबार भएको दोश्रो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ७० रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको कास्की ‘बी’ले पूरै ओभर खेल्दै १२९ रन बनाएको थियो । १३० रनको लक्ष्य पछ्याएको कास्की ‘ए’ पूरै ओभर खेल्दै ५९ रनमा सिमित भएपछि कास्की ‘बी’ बिजयी भएको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन पुनले जानकारी दिए ।
आईतबारको खेलमा कास्की ‘बी’ की कप्तान श्रृष्टी जैसीले नटआउट ५१ रनको योगदान गरेकी थिईन् भने बलिङतर्फपनि १ विकेट लिईन् । आईतबारको खेलमापनि अलराउण्ड प्रदर्शन गरेकी श्रृष्टी जैसी वुमन अफ दी म्याच घोषित भएको सचिव पुनले बताए ।
यसअघि शनिबार भएको पहिलो खेलमापनि कास्की ‘बी’ बिजयी भएको थियो । सो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको कास्की ‘बी’ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कास्की ‘ए’ ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै बिजयी भएको सचिव पुनले जानकारी दिए ।
२८ बलमा ४० रन बनाएकी श्रृष्टी जैसी शनिबारको खेलमा उमन अफ दी म्याच घोषित भएकी पुनले बताए ।
पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मोतीराज तिमिल्सिनाले शनिबार उद्घाटन गरेका थिए । उनले प्रतियोगिताले महिला क्रिकेट खेलाडीलाई प्लेटफर्म प्रदान गरेको र यसले कास्कीको क्रिकेट उकास्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रम कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको थियो ।
यसैबीच, प्रतियोगिताको उपाधि भिडन्त भोलि सोमबार हुने भएको छ । कास्की ‘ए’ र कास्की ‘बी’ गरेर दुई टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुने सचिव पुनले जानकारी दिए ।
प्रतियोगितामा बिजेता र उपबिजेता दुबैलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने सचिव पुनले बताए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

