राष्ट्रपति पौडेलद्वारा संसद्को बजेट अधिवेशन आह्वान
काठमाडाैं | बैशाख २०, २०८०
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४ बजे आह्वान गरिएको छ।
प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा। भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।
वर्षे अधिवेशनका रूपमा रहेको यस अधिवेशनलाई बजेट अधिवेशनसमेत भनिन्छ । यो अधिवेशन प्रारम्भमै बजेटमाथि छलफल हुनेछ। यस अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ। अघिल्लो अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।

लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

