रातारात सर्वेन्द्र मुग्लिन हान्निएपछि तनहुँमा बज्यो ‘घण्टी’, अब राष्ट्रियसभाको लोभ
कास्की | बैशाख २१, २०८०
वैशाख १० गते तनहुँ १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ‘ठूला’ मानिएका नेपाली कांग्रेस र नेकपा एमालेलाई पछार्दै घण्टी बजाएपछि राजनीतिक दिग्गजहरुको हिसाबकिताब बिग्रिएको छ ।
मंसिरमा भएको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर जीत निकालेको यस क्षेत्रमा गोविन्द भट्टराइ ढुक्कको स्थितिमा थिए । माटोले चिनेको र कांग्रेसले न्याय गरेको आहानबीच मौन अवधिसम्म गरिएको प्रचारप्रसारले उनलाई संसदमा पु¥याउने पक्कापक्की थियो ।
जुन हिसाबले कांग्रेसको टोली प्रचारमा हिँडिरहेको थियो, यसको ठिक विपरित एमाले सुस्त देखिन्थ्यो । यतिसम्म की तनहुूँ एमालेले गतिलो कोणसभासमेत गर्न सकेको थिएन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजना गरिने आमसभा पनि यत्तिकै ढिसमिस भयो ।
एमालेको अल्छिलाग्दो चुनावी रणनीतिले कांग्रेसका ‘पानीमान्छे’ अर्थात् भट्टराई समूहको हौसला ह्वात्तै बढेको थियो । नगर क्षेत्रमा रास्वपाका वाग्लेले केही पुरातन भोट तितरवितर पारेपनि ‘हल्लाउन नसक्ने’ कांग्रेसको ठम्याई थियो ।
यता, घर र मामाघर तनहुँमै भएपनि एमालेका खनाललाई विपक्षीले ‘टुरिष्ट’को ट्याग लगाइदिएका थिए । तैपनि कम्युनिष्ट आदर्श अनुरुप खनाल प्रचारमा जुटिरहे । कांग्रेसका असन्तुष्टले घन्टी र जोशी पक्षधरको भोट एमालेमा आउने खनालको बुझाई थियो । अझ नाताले मामा–भाञ्जा पर्ने भएपछि भट्टराई खलकको भोट तान्न सक्ने कन्फिडेन्ट थियो खनालसँग । नातामा खनालका बुवा भट्टराईका मामा हुन् ।
साथै, एमालेले आफ्नो भोटमात्रै जोगाउन सके यसपटक जीत हान पार्न सकिन्छ भन्ने रिपोर्टिङ खनाललाई गरेका थिए । यद्यपि, जिल्लास्तरको आमसभा नहुनु र केन्द्रीय नेताहरु तनहुँ नझर्दा खनालको मनमा चिसो भने पसेको थियो ।
अन्ततः चुनावी प्रचारको समयले नेटो काटेर मौन अवधि सुरु भएपछि एकाएक राजनीतिको उल्टो हावा चल्यो । विश्वस्त सुत्रले बताए अनुसार एमाले अध्यक्ष ओलीले खनाललाई फरक ब्रिफिङ् गर्न काठमाण्डौ बोलाउन चाहिरहेका थिए । तर सम्भव नभएपछि ओलीले दूतकारुपमा राजन भट्टराइलाई ९ गते मुग्लिन पठाए ।
सोही रात राजनलगायतलाई भेट्न खनाल मुग्लिन हानिए । पारिवारिक स्रोतले पनि त्यस रात खनाल घरमा नभएको बताएका छन् भने खनाल साढे १२ बजे मुग्लिन पुल कटेको पाइएको छ ।
उक्त रात खनाललाई एमालेकै भोट नआउने र कांग्रेसले जित्नुभन्दा घण्टी बज्नु नै एमालेको हितमा रहने ब्रिफिङ गरियो । त्यसबेला आफु बलिको बोका बनाइएको र राजनीतिक करिअर ध्वस्त बनाइएको गुनासो खनालले गरेपछि उनलाई एमालेले राष्ट्रियसभामा लैजाने आश्वासन दिएको छ ।
राष्ट्रियसभामा लैजाने भन्ने विषयमा आवश्यक प्रतिक्रिया लिन खनाललाई बाराम्बार टेलिफोन सम्पर्क गर्दा पनि उनले रिसिभ गरेका छैनन् ।
खनाललाई ९ गते रातिमात्रै पार्टीको रणनीति थाहा भएपनि कांग्रेसलाई भने एक साताअघिदेखि नै यसको सुइँको मिलिसकेको थियो । जब मौन अवधिमा कांग्रेसको भित्री टिम रात परेपछि मतदाताको घरघरमा पुग्न थाल्योे, तब एमालेकै प्रचार कमिटीका केही सदस्यले घण्टीमा भोट जाने सूचना चुहाइदिएपछि भट्टराइको चुनावी ‘नाइट टिम’ अत्तालिएको थियो ।
जिल्ला स्रोतका अनुसार एमाले तनहुँ १ का नगर र पालिका कमिटीका करिब १५ सय संगठित सदस्यलाई ८ गते नै घण्टीमा भोट हाल्न र सोही अनुरुप प्रचार गर्न निर्देशन दिइसकिएको थियो ।
फलतः व्यास र भानु नगरपालिका एवं बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा एमालेको रणनीतिले काम गर्दा स्वर्णिमले ३४ हजार ९१९ मतले बाजी मरे । उक्त क्षेत्रको देवघाट गाउँपालिकामा भने एमालेको योजना आंशिकमात्र सफल भएको छ । स्वर्णिमले कांग्रेसका भट्टराई भन्दा २० हजार १२२ मत बढी ल्याएका हुन् ।
पार्टीकै योजनाबाट चुटिएर राष्ट्रियसभामा जाने सपना देखेका खनालले ८ हजार ४८८ मतमात्र प्राप्त गरे । जुन मत संख्या मंसिरको भन्दा ११ हजार ४८३ ले कम हो । मंसिरमा एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत पाएका थिए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

