एकनाले भरुवा बन्दुकसहित बाबुलाल पक्राउ
मकवानपुर | बैशाख २४, २०८०
मकवानपुर: मकवानपुर प्रहरीले एक जनालाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–७ दुम्सिडाडाँका ३० वर्षीय बाबुलाल थिङ रहेका छन् ।
थिङले आफ्नै भाइलाई जग्गाको विषयमा हातपात गरेर घाइते बनाएको सुचना पुगेपछि प्रहरीले थिङलाई खोजी गरेको थियो ।
सोही क्रममा प्रहरीले उनलाई शनिबार दिउँसो प्रहरीले एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ परेका थिङमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

