नक्कली शणरार्थी प्रकरणमा जुग्जाली भन्छन्– ‘म विरुद्ध उजुरी पर्याे भने अनुसन्धानमा सघाउन तयार छु’
पाेखरा | बैशाख २४, २०८०
पोखरा: गण्डकी प्रदेशका निवर्तमान उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री तथा प्रदेश सभा सदस्य रेशम जुग्जाली मगरले नेपालीलाई भुटानी शणरार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
उनले आफुलाई बदनाम गर्ने उद्देश्यसहित नियोजित समाचार संप्रेषण गरिनु निन्दनीय रहेको बताउदै आफ्नो संलग्नता नरहेको स्पष्ट पारे ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र ठगी धन्दा गर्ने भन्ने विषयमा प्रकरणमा मुछेको भन्दै जुग्जाली मगरले आक्रोश व्यक्त गरे । ‘यदि मेरो नामबाट कसैले तपाईलाई अमेरिका पठाइदिन्छु भनेर अथवा मैले कसैलाई ठगी गरेको छु भने उजुरी गर्नुस्, सुनगाभा न्यूजसँग उनले भने, ‘यदि मेरो विरुद्ध केस पर्या भने म त्यसलाई सघाउन तयार छु । मबाट त्यस्तो भएको प्रमाण आयो भने म त्यसको जवाफ दिन र प्रतिवाद गर्न तयार छु ।’
उनले आफु सार्वजनिक पद धारण गरेको व्यक्ति रहेकाले सधै पारदर्शी रहने बताए । ‘म सार्वजनिक व्यक्ति पनि हुँ त्यसैले म पारदर्शी र खुला छु त्यसैले मन्त्री हुँदा पनि सम्पत्ति विवरण बुझाउदा मेरो ऋणपनि पेश गरेको छु यसले पनि मेरो आर्थिक स्थितीबारे प्रष्ट छनी,’ जुग्जालीले भने ।
सांसद जुग्जालीले आफ्नो चरित्रहत्या गर्ने खालको समाचार संप्रेषण गरेका दुई अनलाइन विरुद्ध साइबर क्राइम अन्तरगत मुद्धा दर्ता गर्ने प्रक्रियामा रहेको सुनाए ।
‘दुइवटा अनलाइनले अन्दाधुन्दा तरिकारले समाचार शेयर गर्नुभाछ मैले उहाँहरुको विरुद्ध साइबर क्राइममा र प्रेस काउन्सिलमा कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइसकेको छु, जुग्जालीले भने, ‘त्यसकारण मेरो अहिलेपनि चुनौती छ ति दुइवटा अनलाइनलाई यदि मबाट त्यस्तो धन्धा चलेको छ भने प्रमाणित गर्नुस् ।’
उनले म्याग्देली युवाहरुलाई भ्रममा नपर्न समेत आग्रह गर्दै भने, ‘युवाले केही गर्छ भनेर विश्वास गर्नुभएको छ । त्यसैले तथ्यहीन र आधारहीन समाचार सेयर गरेर युवाविरुद्ध नलाग्नुस् किनभने हामी बद्नाम हुने भनेकै तपाइहरु बदनाम हुने होनी ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ जनालाई पक्राउ गरिसकेको छ ।
साेही प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी विरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको छ । तर रायमाझीले आफ्नो संलग्नता नरहेको बताउदै आएपनि उनी प्रकाउ पुर्जी जारी भएपछि उनी फरार छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

