रास्वपा र संसदबाट निष्काशित श्रेष्ठ भन्छन् – ‘आज अदालतबाट न्याय पाउनेछुु’
पाेखरा | बैशाख २५, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मागेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद र साधारण सदस्यबाट हटाएपछि डा. ढाकाकुुमार श्रेष्ठ अदालत पुगेका छन् ।
श्रेष्ठले पार्टीको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा हालेको रिटको सुनुवाई आज हुँदैछ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा यो मुद्दाको सुनुवाइ हुन लागेको हो।
यस विषयमा प्रतिक्रिया दिँदै श्रेष्ठले आफुलाई फसाइएको र आज अदालतबाट न्याय पाउने जनाएका छन् ।
‘सबैलाई थाहा छ, मलाई फसाइएको हो’ श्रेष्ठले भने ‘सम्मानित अदालतबाट आज न्याय पाउनेमा विश्वस्त छु ।’ आफु राजनीतिबाटै सेवा गर्ने उद्धेश्यले लागेको भन्दै उनले कत्ति पनि विचलित नभएको बताएका छन् ।
सुनुवाइको व्यग्र प्रतीक्षामा रहेका श्रेष्ठ काठमाण्डौंमै छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

