संस्कृत उच्च शिक्षामा समसामायिक चुनौती विषयक गोष्ठी सुरु

पाेखरा | बैशाख २६, २०८०

संस्कृत उच्च शिक्षामा समसामायिक चुनौती विषयक गोष्ठी सुरु

पोखरा :   पोखरा ʿसंस्कृत उच्च शिक्षामा सामयिक चुनौती विषयकʾ गोष्ठी आजदेखि पोखरामा सुरु भएको छ ।

 

अनुसन्धान व्यवस्थापन एकाई, विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजना एवम् विश्वविद्यालय अनुसन्धान आयोग, सानोठिमी भक्तपुरको सहयोगमा आयोजित दुई दिने गोष्ठीमा विभिन्न उच्च शैक्षिक संस्थाका प्रतिनिधि, संस्कृत बाङ्मयप्रेमी सहित १२५ भन्दी बढी जनाको सहभागिता रहेको छ ।

 

गोष्ठीको पहिलो दिन ʿसंस्कृत उच्च शिक्षामा समसामयिक चुनौतिʾ विषयक कार्यपत्र सहप्रा डा.​गुरुप्रसाद सुवेदीले प्रस्तुत गर्नुभएको र त्यसको सहप्रा.डा.शान्तिकृष्ण अधिकारीले टिप्पणी गर्नुभएको विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले जानकारी दिनुभयो र  दोस्रो दिन भोलि संस्कृत उच्च शिक्षामा आकर्षण बृद्धिका आधारहरू विषयक कार्यपत्र सहप्रा.डा. नारायण चालिसेले प्रस्तुत गर्नुहुने र त्यसको टिप्पणी प्रा.डा.शालिग्राम सुवेदीले गर्नुहुने उहाँले जानकारी दिनुभयो । 

 

संस्कृत वाङ्मयका अभियन्ताले आँफूलाई सामुहिक रुपमा परिवर्तन गर्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले संस्कृतको महत्वलाई उजागर गर्नु आवश्यक भएको बताउनुभयो । संस्कृत उच्च शिक्षामा समसामयिक चुनौतीहरू विषयक कार्यपत्र प्रस्तुत गर्दै सहप्रा.गुरुप्रसाद सुवेदीले संस्कृत शिक्षाका लागि सरकारका तर्फबाट पर्याप्त लगानी नहुनुका कारण यसलाई व्यवस्थित गर्न नसक्दा सर्वसाधारणको आकर्षण कम भएको बताउनुभयो ।

 

संस्कृत वाङ्मयको विश्वव्यापी महत्वलाई समुदायमा र विश्व सन्दर्भमा समेत प्रकाशित गर्न सके यसको औचित्य पुष्टि हुने उहाँले बताउनुभयो । कार्यपत्र माथि टिप्पणी गर्दै सहप्रा.शान्तिकृष्ण अधिकारीले संस्कृतका शास्त्रीय विधालाई बचाउन संस्कृत विश्वविद्यालयका १७ वटा विभाग प्रत्येकले वार्षिक न्युनतम दुई÷दुई जना दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विश्वविद्यालयले अनुसन्धानलाई जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

 

उद्घाटन समारेहका सभापति एवम् विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले संस्कृत शिक्षा प्रतिको आकर्षण बढाउन राज्यको ध्यान पुग्नु जरुरी रहेको बताउनुभयो ।
अनुसन्धान व्यवस्थापन एकाईका संयोजक सहप्रा चुडामणि कंडेलको अध्यक्षता एवम् सहप्रा आनन्दमणि रिजालले सहजीकरण गर्नुभएको कार्यपत्रमा आधारित अन्तरक्रियाका सहभागिले संस्कृत शिक्षाको मौलिक अध्ययन विधि तयार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । 

 

कार्यक्रममा विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष परशुराम बराल, पूर्व अध्यक्षहरू ऋषिराम सापकोटा, विष्णुप्रसाद बराल, पूर्व प्राचार्य अम्बिकाप्रसाद भट्टराई, महर्षि गुरुकुलका अध्यक्ष रामचन्द्र पौडेल, अनुसन्धान व्यवस्थापन एकाईका सदस्य सचिव उपप्रा प्रकाश पौडेल, विद्यापीठका पूर्व स्ववियु उपसभापति एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले संस्कृत शिक्षाको महत्वलाई उजागर गर्न नसक्दा यसतर्फको आकर्षण नबढेकोमा जोड दिएका थिए ।

 

उक्त अवसरमा विद्यापीठको पुस्तकालय एवम् अनुसन्धान व्यवस्थापन एकाईलाई सहयोग पु¥याएको भन्दै समाजसेवी भीमराज रेग्मीलाई सम्मान गरिएको थियो । 
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्