पोखरामा क्रेनको ठक्करबाट लाहाचोककी धनाको मृत्युु
पाेखरा | बैशाख २९, २०८०

पोखरा: पोखरा महानगरपालिका ५ पर्स्याङमा क्रेनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ लाहाचोककी धना अधिकारीको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।
अधिकारीलाई हिजो (बिहीबार) दिउँसो ३ बजे ग १ ख ५८०५ नम्बरको क्रेनले पोखरा महानगरपालिका ५ पर्स्याङस्थित विद्युत कार्यालय अगाडि क्रेनले ठक्कर दिएको थियो ।
धनाको आफन्तका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी अधिकारीको उपचारका लागि गण्डकी मेडिकल कलेजमा पुर्याइएको थियो ।
त्यसपश्चात अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । हाल पोष्टमार्टकै लागि मृतक अधिकारीको शव अस्पतालमै राखिएको छ ।
पीडित परिवारको माग सम्बोधन हुन नसक्दा अधिकारी परिवारले धनाको शव बुझ्न मानेका छैनन् ।
मृतक परिवार पक्ष र क्रेन सञ्चालकबीच द्विपक्षीय वार्ता भइरहदा प्रहरीले सञ्चालकलाई विना निष्कर्ष लैजान खोजेपछि झडपको अवस्था सिर्जना भएको थियो ।
हाल विभिन्न मागसहित द्विपक्षीय वार्ता चलिरहेको बताइएको छ ।
काठमाडौं: यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन स...
पोखरा: राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...
पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएक...