भौतिकमन्त्री जुग्जालीमगरको आग्रह: खादा- माला नल्याउनुस्
पाेखरा | बैशाख ३१, २०८०

पोखरा: गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली मगर(सुविन) ले भेटघाट र शुभकामना दिन आउनेहरुलाई खादा र माला नल्याउन आग्रह गरेका छन् ।
यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत रहेका मगरले शुभकामना दिन आउनेहरुलाई माला र खादाको प्रयोग नगर्न आग्रह गरेका हुन् ।
खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा फजुल खर्च हुने भएकाले यस्तो निर्णय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिए ।
उनका अनुसार आज विहान सचिवालयबाटै सूचना नै जारी गरी सम्पूर्णमा जानकारी गराइएको पौडेलले बताए ।
शुक्रबार पद तथा गोपनीयताको सपथ र कार्यभार सम्हालेका जुग्जाली मगरले प्रादेशिक सडकहरुको गुरुयोजना तयार पार्ने निर्णय गरेका थिए ।
आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट निर्माणमा जुटेको मन्त्री जुग्जालीले बताउनुभयो ।
यसअघि एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा करिब दुई महिना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका जुग्जाली मगरले काँग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वका प्रदेश सरकारमा भौतिक मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
जुग्जाली मगर म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजकसमेत हुन् ।
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...
पोखरा: गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ । मिति २०८१ चैत २६ गते साम...