कहाँ हराए काठमाडौंबाट साथीको बिहेमा आएका अर्याल ?
पाेखरा | जेठ २, २०८०
पोखरा: वैशाख २९ गते काठमाडौं टोखा नगरपालिका ८ का विश्वास अर्याल साथीको बिहेमा पोखरा आए । पोखरा पार्टी प्यालेसमा भएको बिहेमा सहभागि भएपछि उनी अचानक हराए ।
आइतबार परिवारले कास्की प्रहरीमा २८ वर्षीय अर्यालय हराएको जाहेरी दिएपछि प्रहरीले खोजी गर्याे । तर पत्तो लागेन उनले आत्मदाह गरे या कसैले हत्या ।
अहिले कास्की प्रहरीले उनी हिडडुल गरेको संभावित क्षेत्रको सिसिटिभी फुटेज संकलन गरिरहेको छ । ‘साथीको बिहेमा काठमाडौंबाट पोखरा आएका अर्याल हराएको जाहेरीपछि उनी देखिएको सिसीक्यामेराको सहयोगमा खोजी गरिरहेका छौं, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले सुनगाभा न्यजसँग भने, ‘उनी आफै हाम फाले या कसैले धकलिदिए । अझै ठोस प्रमाण भेटिएको छैन । सिसिटिभी फुटेज संकलन गरेर हेरिरहेका छौ ।’
बेपत्ता अर्यालले हाम फालेको गाइगुई कास्की प्रहरीसमक्ष पुगेपछि सोमबार नदीपुरमा रहेको सेती नदीको खोँच आसपासमा खोजी गर्याे तर केही पार लागेन । ‘शंकाको भरमा टोलीले खोँचमा खोजी गरेका थियौ तर पनि केही सुइको लागेन,’ ति प्रहरी अधिकारीले भने ।
ति प्रहरी अधिकारीका अनुसार अर्याललाई सोही पुल नजिक लुटपाट भएको सिसी क्यामेरामा देखिएको छ । ‘सिसी क्यामेरामा अर्याललाई कसैले लुटपाट गरेको देखिन्छ, लुटपाट गर्ने एकजनालाई प्रकाउ गरिसकेका छौं, अर्कोलाई खोज्दै छौं, उनले भने, ‘लुटपाटपछि उनलाई पुलबाट धकेले वा आफै हाम फालेर बेपत्ता भए भन्ने एकिन भएको छैन । यद्यपी टोलीले विभिन्न कोणबाट खोजीकार्य तिब्र पारेको छ ।’
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

