महिला स्वास्थ्य स्वयंसेविकाको सेवा र समय दुवै महत्त्वपूर्ण
पाेखरा | जेठ ४, २०८०

पोखरा: पोखरा महानगरपालिकामा कार्यरत ६५६ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको छ ।
महानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आयोजित स्वास्थ्य सामाग्री वितरण तथा वृहद भेलामा प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ लगायतले उनीहरूलाई ती सामाग्रीहरू वितरण गरिएको हो ।
सो क्रममा प्रमुख आचार्यले नागरिकको स्वास्थ्य सुरक्षाको सवालमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको सेवा र खर्चिएको समय उत्तिकै महत्त्वपूर्ण रहेको बताए । “आफ्नो समय नागरिकको जनस्वास्थ्यमा लगाउने गरी विगत लामो समयदेखि यहाँहरू अहोरात्र खटिरहनु भएको छ, प्रमुख आचार्यले भने, निस्वार्थ सेवाको भाव सामाजिक रूपमा किट ब्याग बोकेर यहाँहरूले गौरवका साथ देखाउनु भएको छ, यहाँहरूको महानता, समर्पण र सेवा प्रति म नतमस्तक छु ।” सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सामाजिक योगदान अतुलनीय रहेको प्रमुख आचार्यले बताएका छन् ।
महानगरको टोल टोलमा पुगेर स्वास्थ्य सचेतनाको जागरण ल्याउने र मानिसहरूलाई आफ्नो स्वास्थ्य प्रति सचेत गराउने स्वास्थ्य स्वयम सेविकाहरूलाई खटाई अनुसारको सेवा सुविधा दिन नसकिएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षबाट यसलाई सम्बोधन गर्न विशेष पहल गरिने बताए । “स्वयंसेविकाहरूको सेवा सुविधाका विषयमा हामीले पनि महसुस गरेकै विषय हो, उनले भने, आगामी आव देखी यसमा थप केही व्यवस्था गर्ने सम्बन्धमा विशेष पहल गरिनेछ ।” स्वास्थ्यका हिसाबले मानवीय सेवामा उनीहरूले दिएको समय अतुलनीय रहेको उनी बताउँछन् ।
उप प्रमुख मन्जुदेवी गुरुङले आधारभूत सेवाको पहुँच नपुगेका दूर दराजमा पुगेर सरकारको उपस्थिति देखाउने स्वयंसेविकाहरूको योगदान उल्लेखनीय रहेको बताउँछिन् । महिला, बालबालिका र वृद्धावृद्धहरुलाई अप्ठ्यारो परेका बेला पहिलो सेवकको रूपमा उपस्थिति जनाउने महिला स्वास्थ्य स्वयंसेविकाहरू आफैमा अनुकरणीय भएको उल्लेख गरिन ।
पोखरा महानगरपालिका वडा नं।२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले स्वयंसेविकाहरूलाई आवश्यक सामाग्रीहरूको व्यवस्था गरिनु पर्ने बताएका छन् । उनीहरूलाई आवश्यक सम्पूर्ण प्रकारका सामाग्रीहरू सहित सेवा निवृत्त पश्चात् पाउने उपादानमा समेत वृद्धि गर्नु पर्नेमा जोड दिए । यस्तै वडा नं। १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले स्वास्थ्य स्वयंसेविकाहरुले टोल टोलमा पुगेर स्वास्थ्य शिक्षाको चेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको बताउँछन्।
महानगरको स्वास्थ्य समितिका उपाध्यक्ष पूर्ण लामाले महानगरद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरूको सेवा विस्तार र क्षमता अभिवृद्धि आवश्यक रहेको बताए । महानगरद्वारा सञ्चालित अस्पताल, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी लगायतको सेवा विस्तार गर्दै ती स्वास्थ्य संस्थाहरू विश्वासिला र भरपर्दा बनाउनु पर्ने समेत बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले विभिन्न खोप अभियान तथा भिटामिन खुवाउने कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन तथा सम्पन्न गर्नमा लागि निकै ठुलो योगदान गर्ने गरेका छन् ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नु...
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्र...
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । &nbs...