बिचौलियाले गर्दा देशको अर्थतन्त्रमा असर पर्‍यो: उपमहासचिव ज्ञवाली

काठमाडाैं | जेठ ४, २०८०

बिचौलियाले गर्दा देशको अर्थतन्त्रमा असर पर्‍यो: उपमहासचिव ज्ञवाली

पोखरा:   नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा देशको अर्थतन्त्रमा असर परेको बताएका छन् । 

 

प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले आज यस्तो धारणा राखेका हुन् ।

 

उनले सरकारले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा अर्थतन्त्रमा ठुलो असर देखिएको बताए ।‘मुलुकको अर्थतन्त्र संकटमो दिलमा छ, नेपालको इतिहासमा हिजो द्वन्दकाल, नाकाबन्दी, भुकम्पकाल र कोभिड महामारीमा पनि अर्थतन्त्रमा असर देखिएन, ज्ञवालीले भने, ‘राजस्व संकलनको लक्ष्य आधा मात्र उठेको छ, गठबन्धन सरकारले बिचौलियाहरुलाई राखेर करको दर हेरफेर गर्दा अहिले अर्थतन्त्रमा समस्या देखिएको छ ।’

 

उनले केही हदसम्म अहिले कोभिड र रुस युक्रेनको युद्धको असर देखिएपनि गठबन्धन सरकारले सत्ता मोह राजनीति र बिचौलियाहरुलाई प्रयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको दोहोर्याए । 

अहिले सरकारले गठबन्धनलाई सत्ताको साधनको टोकन मात्र बनायो, विकास निर्माणका काम ठप्प छन्, व्यवसायी हतोत्साहित भएका छन्,’ उनले भने, । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्