पर्यटक भित्राउन घान्द्रुकमा 'अन्नपूर्ण सेन्चुरी महोत्सव'
हर्जाेगको स्मृतिमा ‘म्याराथन’
पाेखरा | जेठ ४, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको आयोजना हुने भएको छ ।
पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अयोजनामा जेठ १७ देखि २० गतेसम्म सेन्चुरी महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवको अवसरमा म्याराथन, पुरुष भलिबल, बास्केटबलसँगै अन्य सांस्कृतिक कार्यक्रम हुने पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनका अनुसार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गर्न लागिएको बताए । महोत्सवलाई भव्य बनाउनका लागि तयारी तिब्र पारिएको समेत जानकारी दिए ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाउँदै आएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए ।
‘दुईपटकसम्म अन्नपूर्ण आरोहण दिवसको अवसरमा म्याराथन सम्पन्न गरिसकेका छौं, केहीवर्ष कोरोना भाइरसका कारण रोकिएको हो, अब निरन्तरता दिन्छौं, गुरुङले भने, ‘दिवसको अवसरमा पर्यटन महोत्सवमा म्याराथन, भलिबल, बास्केटबलसँगै अन्य सास्कृति कार्यक्रम आयोजना गरेका छौं ।’
उनका अनुसार म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा सहभागि हुन पुरुषतर्फ ७ र महिलातर्फ ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ ।
म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ । म्याराथन प्रतियोगितामा सहभागि हुन धावकहरुले जेठ १५ गतेसम्म नाम दर्ता गर्न सक्नेछन् ।
भलिबल र बास्केटबलकाे उपाधि राशी ८० हजार
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ ।
खुल्ला गाउँस्तरीय पुरुषभलिबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । एकजना गाउँभन्दा बाहिरको खेलाडी समावेश गर्न पाइने खुल्ला वडास्तरीय पुरुषभलिबल प्रतियोगितामा ६ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको अमृत गुरुङले बताए ।
उनका अनुसार सो महोत्सवमा खुल्ला पुरुष बास्केटबल प्रतियोगितासमेत समावेश गरिएको छ । बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।
महोत्सव अवधिभर पर्यटकहरुलाई घान्द्रुकमा २० प्रतिशत छुट दिएको छ भने भलिबल र बास्केटबलतर्फ ८ सय रुपैयाँको प्याकेजमा खाने बस्ने व्यवस्था गरेको आयोजकले जनाएको छ ।
तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा अन्धानिशान, छेलो,चम्चा दौड, बोरा दौड र म्यूजिकल चियर प्रतियोगितासमेत आयोजना गरेको छ । महोत्सवमा करिव ८० लाख खर्च हुने आयोजकले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

