गोर्खा कप खेल्न बेलायत लाग्यो ‘पोखरा–११’
पाेखरा | जेठ ७, २०८०
पोखरा: तमु धि यूकेले आयोजना गरेको २१ औ गोर्खा कपमा सहभागिता जनाउन नेपालबाट पोखरा ११ बेलायत लागेको छ ।
बेलायतमा आगामी मे २८ तारिखदेखि सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका इश्वर गुरुङको नेतृत्वमा १५ सदस्यीय टोली आज (आइतबार) बेलायत प्रस्थान गरेको हो ।
सो टोलीमा इश्वर (चन्द्र) गुरुङ, अमित (जोन) गुरुङ, अबतार गुरुङ, एन्फा कास्की अध्यक्ष उज्वल रन्जित, राजेन्द्र तामाङ, कुमार गुरुङ, जमान सिंह दुरा, राजु हमाल, नरेन्द्र जङ्ग (मुखिया) गुरुङ, अभिषेक पिया, विजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेक बहादुर गुरुङ र सचिन श्रेष्ठ रहेका छन् ।
खेलाडीहरुलाई बेलायत जानका लागि बगर भाईखलक यूके र तमु धि यूकेले संयोजन गरेको थियो ।
बेलायत प्रस्थान गरेको टोलीलाई बगर भाइखलक पोखराले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको थियो ।
सो टोली बेलायत करिब दुई साता बस्नेछ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

