पोखरेली पत्रकार सिक्देल काठमाडौंमा सम्मानित
काठमाडाैं | जेठ ८, २०८०
पोखरा: पोखरेली पत्रकार श्रीराम सिग्देल काठमाडौंमा सम्मानित भएका छन् ।
२१ औँ चलचित्र पत्रकारिता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २४ औ वार्षिक उत्सबका अवसरमा सिग्देल राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार – २०८० बाट सम्मानित भएका हुन् ।
फेवापोस्ट साप्ताहिकका सहायक सम्पादकसमेत रहेका सिग्देल सिग्देल समाजवादी प्रेस संगठनका उपाध्यक्ष हुन् । उनी पोखरामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् ।
सो कार्यक्रममा सिक्देलसँगै ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ बाट शान्तिप्रिय, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’बाट तुलसी गिरी , ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’बाट कुबेर डँगोल, दीपज्योती थापा, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट सृष्टि पोखरेल र ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ बाट रबि अधिकारी पुरस्कृत भएका थिए ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

