पोखरामा मुवाँथाईको प्रशिक्षण
पाेखरा | जेठ ९, २०८०
पोखरा: पोखरामा जारी मुवाँथाईको समर क्याम्पमा सहभागीहरुलाई मंगलबार मुवाँथाई खेलको शैद्धान्तिकतर्फको प्रशिक्षण सम्पन्न गरिएको छ ।
थाईल्याण्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने संगै यूवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प सुरु गरिएको हो । सो समर क्याम्पन अन्तर्गत मंगलबार मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको उक्त खेलका अन्तर्राष्ट्रिय सर्टिफाइड तथा नेपालका मुख्य प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।
विभिन्न विद्यालयका १ सय जना भन्दा बढि सहभागि रहेको समर क्याम्पमा मुवाँथाई खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत जानकारी गराइएको थियो । सो अवसरमा व्यवसायिक खेलकुदमा मुवाँथाईको विकासका बारेमा जानकारी गराउनुका साथै सो को प्रदर्शनी खेलहरुसमेत गरिएको क्षेत्रीले बताए ।
सहभागिहरुलाई प्रशिक्षकहरु ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनिश मगर, अर्मान गुरुङले प्रशिक्षण दिएका थिए ।
उक्त समर क्याम्पको यहि शनिबार समापन गर्ने तयारी समेत भइरहेको प्रशिक्षक क्षेत्रीले जानकारी दिए। दिक्षान्त समारोहसहित कार्यक्रमको समापन गरिने र सहभागिहरुलाई ब्याण्डसमेत प्रदान गरिने छ ।
मुवाँथाई खेल बुद्ध र हिन्दु धर्मको समिश्रण रहेकोले पनि यो खेलको महत्व उत्तिकै रहेको जनाउँदै मुख्य प्रशिक्षक क्षेत्री यो वर्ष पोखराका केही विद्यालयहरुमा प्रशिक्षणको सुरुवात गरिने बताए । 'मुवाँथाई खेलको विकासका लागि हामी प्रतिबद्ध छौं । विश्वमा यो खेलको प्रोफेसानिलिजम बढे संगै त्यसका लागि तयारी आवश्यक छ । नेपाल पनि यो खेलमा सक्षम छ भन्ने सन्देश दिन आवश्यक छ,' उनले भने ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

