पोखरामा भतिजी करणी आरोपमा ठुलोबुवा प्रकाउ
पाेखरा | जेठ १०, २०८०
पोखरा: पोखरा महानगरपालिका ११ मा आफ्नै भतिजीलाई करणी गरेको आरोपमा ठुलोबुवा प्रकाउ परेका छन् ।
कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार ४४ वर्षिय एक पुरुष पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको थियो ।
सोही आधारमा कास्की प्रहरीले ति व्यक्तिलाई हिजो (मंगलबार) बेलुकी पक्राउ गरेको डिएसपी विकले बताए । ‘जाहेरीकै आधारमा पक्राउ गरेर करणी कसुरमा मुद्धा दर्ता भएको छ, सुनगाभा न्यूजसँग डिएसपी विकले भने,
‘अहिले म्याद थप गर्नका लागि अदालत लगिएको छ । त्यसपछि विस्तृत रुपमा थप अनुसन्धान हुन्छ ।’
उनका अनुसार पक्राउ परेका ति व्यक्तिले ४ वर्षीया नाबालिगलाई करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कास्की प्रहरीले जनाएको छ । (घटना पारिवारिक भएकाले पीडक र पीडितको नाम गोप्य राखिएको)
म्याग्दी: म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...
काठमाडौं: बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...
काठमाडौं: आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

