ढोरपाटनका मेयर नेपालीलाई एमालेले गर्‍यो पार्टीबाट निलम्बन

पाेखरा | जेठ १०, २०८०

ढोरपाटनका मेयर नेपालीलाई एमालेले गर्‍यो पार्टीबाट निलम्बन

पोखरा:    नेकपा एमाले गण्डकी प्रदेश कमिटीले सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ ।  


एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले मेयर नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 


सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको भन्दै छानबिनका लागि निलम्बन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 


‘हामी निष्पक्ष छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्छौं,’ दवाडीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सहकारीका अध्यक्ष नेपाली र सञ्चालकहरूलाई सर्वसाधारणको रकम यथाशिघ्र फिर्ता गर्न र छानबिनमा सहयोग गर्न पनि आग्रह गर्दछौं।’


सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत शुक्रबारदेखि सम्पर्कविहीन छन् । पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको पाइएको छ ।


इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका दोस्रो पटक निर्वाचित मेयर समेत हुन् । 
 

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्