रौतहटमा गोली लागेर शेखको मृत्यु
रौतहट | जेठ ११, २०८०
SOURCE/PHOTO: ABC NEWS TELEVISION
रौतहट: रौतहटमा गोली लागेर एक वृद्धको हत्या भएको छ ।
देवाही गोनाही नगरपालिका १ करुनियाका ७० बर्षीय शेख तैयब गोली लागेर मृत अवस्थामा आज (बिहीबार) फेला परेको हो ।
उनको टाउकोमा गोली लागेको बताइएको छ ।
शेख पारिवारिक श्रोतका अनुसार बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शव घर भन्दा १ किलोमिटर टाढा भेटिदा शंका उब्जिएको छ ।
टाउकोमा गोली लागेका शेखलाई कस्ले किन गोली चलायो भन्नेबारे प्रहरीले अहिलेसम्म केही पुष्टि गरेको छैन ।
रौतहट प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

