राजदेवी मन्दिरबाट मूर्ती चोरी गर्ने प्रकाश पक्राउ
सिरहा | जेठ १२, २०८०

सिराहा: बरियारपट्टी गाउँपालिका–३ नवटोलीस्थित राजदेवी मन्दिरबाट मूर्ती चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेमा खड्क नगरपालिका–१ का २८ वर्षीय प्रकाश मण्डल रहेका छन् ।
उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
चोरीका सामानसहित फरार रहेका उनलाई बा.२६ प ७३४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको थियो ।
उनले मन्दिरभित्र रहेको राजदेवी माताको मूर्तिमा लगाएका सुन तथा चाँदीको गरगहना चोरी गरेको खुल्न आएको छ । सो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं: जनस्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल आधिकारिक रूपमा रुबेला–मुक्त देश घोषित भएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व...
काठमाडौं: नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुव...
वीरगञ्ज: जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ...