नेपालबाट पुन: भारतमा विद्युत् निर्यात सुरु

काठमाडाैं | जेठ १३, २०८०

नेपालबाट पुन: भारतमा विद्युत् निर्यात सुरु

काठमाडौं:    नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात सुरु गरेको छ ।


हिउँदयाममा नदीको पानी घटेपछि गएको पुष ३ गतेदेखि बन्द भएको विद्युत् निर्यात नदीमा पानीको बहाव बढेपछि हिजोदेखि सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए। हिजो झण्डै ६ सय मेगावाट विद्युत् भारत पठाइएको उनले बताए ।


आज प्रसारण लाइन जाँचको लागि निर्यात बन्द गरेको र भोलिदेखि पुन: नियमित निर्यात हुने उनले बताए । नेपालले केही अघिसम्म दैनिक ४ सय मेगावाट विद्युत् आयात गर्दै आएकोमा पछिल्ला केही दिन वर्षा भएकाले उत्पादन बढेर निर्यात गर्ने अवस्थामा पुगेको भट्टराईले बताए । तर वर्षा रोकिएमा भने उत्पादन घटेर आयात गर्नुपर्ने अवस्था आउन पनि सक्ने उनको भनाइ छ ।


प्राधिकरणमा अनुसार हिजो झण्डै सात रुपैयाँप्रति युनिटका दरले निर्यात भएको छ ।  

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्