विपद् व्यवस्थापनमा जोखिम उठाएर भए पनि प्रतिकार्य गरौँ : प्रजिअ दाहाल

मोरङ | जेठ ३१, २०७९

विपद् व्यवस्थापनमा जोखिम उठाएर भए पनि प्रतिकार्य  गरौँ :  प्रजिअ दाहाल


मोरङ :      विपद् व्यवस्थापनमा जोखिम उठाएर भए पनि प्रतिकार्य गर्न मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्देशन दिनुभएको छ । जिल्लामा आज विपद् व्यवस्थापनसम्बन्धी  छफलमा उहाँले सो निर्देशन दिनुभएको हो । 

    

विगतको अभ्यासबाट पाठ सिकेर अब सुरु हुने मनसुन र त्यसबाट हुन सक्ने जोखिमलाई नियन्त्रण एवं न्यूनीकरण गर्न सम्बन्धित कार्यालयले समयमै काम गर्नुपर्ने कुरामा जोड दिँदै प्रजिअ दाहालले अहिले सुक्खा मौसममा काम नगर्ने र बाढी आएपछि अनेक बहाना देखाउने काम नगर्न स्पष्ट पार्नुभयो ।

    

आफ्नो जिम्मेवारीको काम नगरेर जनतालाई दुःख दिने काम राष्ट्रसेवक कर्मचारीबाट सुहाउँदो नहुने धारणा राख्दै प्रजिअ दाहालले जिल्लामा तत्काल देखिएका समस्यामा गम्भीर हुन सम्बन्धित निकायलाई सचते गर्नुभयो ।
  

 
सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिनाले जिल्ला विपद् कोषबाट चालु आर्थिक वर्षमा रु ३९ लाख ७५ हजार खर्च भए पनि अहिले रु एक करोड २२ लाख ९६ हजार मौज्दात रहेको जानकारी दिनुभयो । गत वर्ष आएको बाढीले रु ५६ करोड ८७ लाख बराबरको किसानको बालीमा क्षति पुगेको उहाँले उल्लेख गर्नुभयो ।

    

मोरङको पहाडी क्षेत्रमा पहिरो तथा तराईमा डुबान एवं कटानको समस्या रहेको अवस्थामा जनधनको क्षति हुन नदिन तथा त्यस्तो भएमा राहत सङ्कलन र वितरणमा ध्यान दिन स्थानीय तहका प्रमुखलाई बैठकमा आग्रह गरिएको छ । कार्यक्रममा जिल्लाका १७ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रहरी प्रमुख, सरोकारवाला कार्यालयका प्रमुखलगायत सहभागी थिए ।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्