देवदहमा बस दुर्घटना हुँदा २२ घाइते
रूपन्देही | जेठ १७, २०८०
रुपन्देही: रुपन्देहीको देवदहमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
कैलालीको टिकारपुरबाट बुटवल हुँदै काठमाडौँ जाँदै गरेको ना ५ ख ४९०९ नम्बरको बस गए राती २ बजे देवदह नगरपालिका खैरेनीमा दुर्घटना भएको हो ।
बस अनियत्रित भई सडकबाट करिब ४ मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएकाको २२ जनाको देवदह मेडिकल कलेजमा उपचार भैरहेको र अवस्था सामान्य रहेको देवदह प्रहरी चौकीले जनाएको छ ।
घटना सम्बन्धि थप अनुसन्धान भैरहेकोे प्रहरीले जनाएको छ ।
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

