घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पाेखरा | जेठ १७, २०८०

घान्द्रुकमा लायन्सको क्याविनेट बैठक हुँदै

पोखरा:  लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एम को  आयोजना एवम् लायन्स क्लब अफ पोखरा लेकसाइडको आतिथ्यता एवम् संयोजनमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा यही जेठ २७ गते चौथो क्याविनेट बैठक हुने भएको छ ।

 

बैठकमा विभिन्न जिल्लाका १४० लायन्स क्लबका चार सय भन्दा बढी लायनहरू सहभागी हुने लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए । 


  
सामाजिक सेवाका हरेक क्षेत्रमा कृयाशिल लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ एम अन्तर्गतका क्लबहरूले आआफ्नो स्थानमा विशिष्ट योगदान पु¥याउँदै आएको बताउँदै उनले यो बैठकबाट घान्द्रुकको पर्यटकीय विकासमा योगदान पुग्ने विश्वास लिइएको बताएका थिए ।

 

कार्यक्रम संयोजक लायन जगन्नाथ तिमल्सिना(जयराम) का अनुसार घान्द्रुकमा हुने बैठकको तयारी तीव्र पारिएको छ । गाउँ पर्यटनको समेत विकास गर्ने उद्देश्य अनुरुप शहरी क्षेत्र बाहिर कार्यक्रम आयोजना गरिएको उनले बताएका छन् ।

 

गुजुमुज्ज परेर पूर्वतर्फ फर्किएको ढुङ्गैढुङ्गाले छापिएको प्राचीन मौलिकतामा आधारित गुरुङ गाउँ हो घान्द्रुक । माछापुच्छ«े, अन्नपूर्ण लगायत हिमशृंखलाको एकसाथ दृश्यावलोकन गर्न पाइने यो गाउँ अन्नपूर्ण चक्रीय पदमार्ग, घोरेपानी, पुनहिल, अन्नपूर्ण आधार शिविर आदिको प्रवेशद्वार भएका कारण पनि चासो र चर्चा कमाएको छ । सन् १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेसँगै यो पर्यटकीय गन्तव्यका रुपमा स्थापित बनेको हो ।    

 

कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने घान्द्रुक विशेषतः अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दछ । पदयात्रा पर्यटनको विशिष्ट गन्तव्य यस स्थलमा पर्यटकस्तरीय होटेल, होमस्टे आदि सञ्चालनमा आएका छन् ।

 

चार सय भन्दा बढी लायनहरूको उपस्थितिमा घान्द्रुकमा हुन लागेको बैठकले यस क्षेत्रको पर्यटनमा विशिष्ट योगदान पुग्ने विश्वास लिइएको छ ।
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्