फ्रान्स पठाउने भन्दै ४० लाख असुल्ने पाख्रिन पक्राउ
काठमाडाैं | जेठ १७, २०८०
काठमाडौं: वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखा बैतेश्वर नगरपालिका–३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिन रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेका पाख्रिनले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि फ्रान्स पठाई प्रतिष्ठित कम्पनीमा काम लगाइलिने भन्दै रकम असुले प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताइएको छ । प्रहरीका अनुसार ति पीडितहरुबाट
उनले पटक- पटक गरी ४० लाख असुलेका थिए ।
पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि पक्राउ गर्न प्रहरीलाई पत्र काटेको थियो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
काठमाडौं: ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । कार्...
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

