गण्डकीका पत्रकारलाई 'खेल पत्रकारिता तालिम'
पाेखरा | जेठ १९, २०८०

पोखरा: पोखरामा गण्डकी प्रदेशस्तरीइ तीन दिने खेल पत्रकारिता तालिम सम्पन्न भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत १७ देखि सुरु गरेको तालिम आज (शुक्रबार) सकिएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सत्य र तथ्यमा आधार रहेर समाचार संप्रेषण गर्नुपर्ने जोड दिए ।
उनले पत्रकारिता जिम्मेवार पेशा रहेको बताउदै नागरिकलाई भ्रम सिर्जना हुने खालको सूचना बाहिर ल्याउन नहुने धारणा राखेका थिए ।
यस्तै मुख्य प्रशिक्षक तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) तालिममा सिकेका सकरात्मक पक्षलाई व्यवहारमा उतार्नुपर्ने बताए ।
सुवेदीले फरक प्रसंगमा बोल्दै आयोजक संस्था र केन्द्रीय समिति नेपाल खेलकुद पत्रकार मञ्च बीचको सम्बन्ध छिटै जोडिने स्पष्ट पारे ।
तीन दिन सञ्चालन भएको खेल पत्रकारिता तालिममा टेनिस, भलिबल, क्रिकेट र फुटबलको विषयमा तालिम प्रदान गरिएको थियो । सो तालिममा गण्डकी प्रदेशको स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत लगायतको जिल्लाका क्रियाशिल ८० पत्रकारको सहभागिता रहेको थियो ।
काठमाडौं: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सु...
काठमाडौं: हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथ...
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्...