घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव: भलिबल र बास्केटबलतर्फ सेमिफाइनलको खेल जारी
पाेखरा | जेठ १९, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०–११ घान्द्रुकमा आयोजित तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा क्ल्यू गाउँ फाइनल प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा क्ल्यूले विन्देश्वरी ठाँटीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइलनमा स्थान पक्का गरेको हो ।
दोस्रो सेमिफाइनल खेल भने वर्षाका कारण स्थगित भएको छ । तनहुँको ठकुरी समाज बाबियोडाँडा र घान्द्रुक किम्चेबीचको सेमिफाइलन खेल वर्षाको कारण स्थगित भएको हो । दोस्रो सेमिफाइनल खेल शनिबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा आयोजित खुल्ला बास्केटबल प्रतियोगितामा मार्दीखोला (सुन्तला) फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा मार्दीखोला(सुन्तला) ले स्याउलीबजारलाई ४०–३५ अङ्कले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मार्दीखोलाका राज गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
दोस्रो सेमिफाइलन खेल भने वर्षाको कारण स्थगित भएको छ । मार्दीखोला (निलो) र सेन्चुरी युवा क्लबबीचको दोस्रो सेमिफाइनल खेल वर्षाको कारण स्थगित भएको हो । दोस्रो सेमिफाइनल खेल शनिबार बिहान सञ्चालन हुनेछ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सव सञ्चालन भइरहेको छ ।
गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा १३ समूहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
११ समूहको सहभागिता रहेको बास्केटबल प्रतियोगिताको विजेताले ८० हजार र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगको टोलीले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनको समेत आयोजना गर्दै आएको छ । दुईवर्ष कोरोना भाइरसका कारण रोकिएको म्याराथन तेस्रो संस्करणको म्याराथन महोत्सवको अन्तिम दिन भोलि जेठ २० गते सञ्चालन हुने आयोजकले जनाएको छ ।
भोलि जेठ २० गते सञ्चालन हुने म्याराथन प्रतियोगितामा ५६ धावकले भाग लिएका छन् । म्याराथन पुरुषतर्फ प्रथम हुने धावकले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । यस्तै महिलातर्फ प्रथम हुने धावकले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
म्याराथन जेठ २० गते अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर म्याराथन माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सम्पन्न हुनेछ ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

