नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ रुपैयाँ बराबरकाे नोक्सानी

काठमाडाैं | जेठ २२, २०८०

नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ रुपैयाँ बराबरकाे नोक्सानी सांकेतिक तस्बिर

काठमाण्डाै: ग्लोबल डिस्ट्रिब्युसन सिस्टम ‘जीडीएस’ मार्फत् अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् ।

 

विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपैयाँ नोक्सानी पुर्याएका हुन् । ह्याकरले नेपालमा काम गर्दै आएका विदेशी जीडीएस कम्पनीको नाममा नेपाली ट्राभल कम्पनीलाई इमेल पठाउँदै टिकट बिक्री गरेर नोक्सानी पुर्याएका हुन् ।

 

नोक्सानी पुगेका नेपाली ट्राभल कम्पनीमा देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिङ्क ट्राभललगायत रहेका छन् । प्रत्येक कम्पनीबाट ६० देखि ८० लाख रुपैयाँको टिकट विदेशी ह्याकरले ‘इस्यु’ गरेको देखिएकाे छ ।

 

नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले जीडीएस कम्पनीका नाममा नेपालका ट्राभल कम्पनीलाई मेल पठाएर विदेशी ह्याकरले रातारात विदेशबाट टिकट काटेको बताउनुभयो । 'ह्याकरले जीडीएसको लोगो राखेर मेल पठाएर टिकट बिक्री गरेर ठगी गरेको पाइयो, यो घटना बाहिर आएपछि नेपाली ट्राभल कम्पनी त्रसित छन्', उहाँले भन्नुभयो ।

 

ह्याकरले प्रायजसाे टिकट मोरक्कोतर्फ जारी गरेको देखिएको अध्यक्ष थापाले बताउनुभयो । पीडित ट्राभल कम्पनीले भने साइबर ब्युरोमा मुद्दा हालिसकेका छन् । नेपालका ट्राभल कम्पनीलाई सेवर, एमाडस, ग्यालिलियोले जीडीएस सेवा प्रदान गर्दै आइरहेका छन् ।

 

नेपालका ट्राभल कम्पनीलाई जीडीएस सेवा प्रदान गर्दै आइरहेको सेवर नेपाल नेटवर्ककी महाप्रबन्धक अनुपा बुढाथोकीले विदेशी ह्याकरले नेपालमा सेवा दिँदै आएका जीडीएस कम्पनीको लोगो राखेर ट्राभल कम्पनीलाई नक्कली इमेल पठाएर ठगी गरेको देखिएको बताउनुभयो ।

 

उहाँले जीडीएस कम्पनीमार्फत् आएका मेललाई ट्राभल कम्पनीले पासवर्ड र युजरनेम शेयर गर्नुअगाडि त्यो इमेल आधिकारिक निकायबाट आएको हो की होइन भन्ने निश्चित गरेरमात्र शेयर गर्न आग्रह गर्नुभयो ।

 

याे घटनापछि सेवरले आफ्नो सेवा प्रयोगकर्ता ट्राभल कम्पनीको हितलाई ध्यानमा राखेर आफ्नो ‘सेक्युरेटी फिचर’ लाई अझै बलियो र परिस्कृत बनाएको महाप्रबन्धक बुढाथोकीले बताउनुभयो ।

पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

थप पढ्नुहोस्

वर्षा हुने क्रम बढेसँगै देशका विभिन्न स्थानमा बाढी-पहिरोको जोखिम हुने सम्भावना पनि बढेको छ।    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँसहित देशका ३७ जिल्ला र त्यसआसपासका खोला/...

थप पढ्नुहोस्

पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

थप पढ्नुहोस्