७ वर्ष अघि नै मुर्रा राँगो ल्याउने सहमति भएको रहेछः प्रम दाहाल
काठमाडाैं | जेठ २२, २०८०
प्रधानमन्त्रीले भारतबाट भैसी ल्यायो भन्दै गरेको कटाक्षप्रति पुष्पकमल दाहालले स्पष्ट पारेका छन् ।
आज संसदमा भारत भ्रमणको विषयमा जानकारी दिँदै प्रम दाहालले यसपटकको भ्रमण उल्लेखनीय भएको बताए । ‘यस भ्रमणबाट केही नयाँ सुरुवात भएको छ’ दाहालले भने कुरा मुर्रा राँगोको हैन, आगामी दिनमा देशले छिमेकी मुलुकबाट पाउने प्रतिफलको हो ।’
भ्रमणको एजेन्डातर्फ नलागि अन्य विषयमा रुमल्लिएको भन्दै दाहालको जवाफ छ ‘मुर्रा राँगो ल्याउने सहमति ७ वर्ष पहिले नै भएको रहेछ, यसपटक संयोग भनौ, मेरो भ्रमणपछि राँगो आउने भयो ।’
भ्रमण विगतको भन्दा उपलब्धीपूर्ण भएको र यसलाई निरन्तरता दिँदै आर्थिक विकासमा देशले नयाँ यूगतर्फ फड्को मार्ने दाहालको दाबी छ ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् । नेपाल...
पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ। शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो। मृत्य...

