पोखरा इन्टरनेटको फाइवर क्लिन अप शुरु
पाेखरा | जेठ २२, २०८०
पोखरा: इन्टरनेट सेवा प्रदायक कम्पनी पोखरा इन्टरनेट प्रा.लिले फाइवर क्लिन अप कार्यक्रम सोमबारबाट शुरु गरेको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले पोखरा महानगरपालिका वडा ४ सगँको सहकार्यमा कार्यक्रम आयोजना गरेको मार्केटिङ अफिसर आशुतोष सुनारले जानकारी दिए ।
फाइवर क्लिन अप कार्यक्रम वडा ४ को कार्यलबाट पालिखे चोकसम्म गरिएको हो । पोलमा झुण्डिएका तथा लत्रिएका अव्यबस्थीत देखिएका तारहरुलाई ब्यवस्थीत गर्नको लागि फाइवर क्लिन अप कार्यक्रम शुरु गरिएको पोखरा इन्टनेटका प्रा.लिका प्रमुख कार्यकारी अधिकृत बिजेश पालिखेले बताए ।
वडा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले अब्यवस्थीत तारहरु ब्यवस्थीत गर्न चुनौति रहेको बताए । उनले २ संस्थाबीच समन्वय र सहकार्य गर्दे अगाडि बढ्ने बताए ।
प्रा.लिका जनरल म्यानेजर बरदान लामाले कार्यक्रम प्रभावकारी भएको हुनाले आगामि दिनहरुमा निरन्तरता दिइने बताए । कार्यक्रममा फाइवर क्लिन अफ बिभागका १५ जना कर्मचारीको सहभागिता रहेको थियो ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

